एभरेष्ट बैंकद्वारा सहयोग



काठमाडौं, (नेस)।जोन्टा क्लब काठमाडौंले एभरेष्ट बैंकको सहयोगमा तल्लो भ्यूरन मध्यबिन्दु नगरपालिका– १५ स्थित बालसिद्ध बेसिक स्कुलमा शौचालय निर्माण गरेको छ।

एभरेष्ट बैंकका तर्फबाट नारायणघाट शाखाका डेपुटी म्यानेजर प्रभात उप्रेती र जोन्टा क्लब काठमाडौंकी प्रेसिडेन्ट सीमा गोल्छाले स्कुल भ्रमण गरेर स्कुल कमिटीका अध्यक्ष र प्रधानध्यापकलाई शौचालय भवन हस्तान्तरण गरेका छन्।

बालिकाहरूले स्कुल छोड्नुको प्रमुख कारण नै विद्यालयमा शौचालयको अभाव हो। यसले गर्दा उनीहरूको शिक्षामा बाधा पुर्याउँछ जसले गर्दा उनीहरूको सर्वांगिण विकासमा प्रभाव पर्छ र आर्थिक सशक्तिकरणमा असर पार्दै चरम गरिबी, बाल विवाह र हिंसाको चक्रमा पार्दछ।

विद्यालयका शिक्षकहरू, बालबालिका र सहभागीहरूले एभरेष्ट बैंक र जोन्टा क्लबको यस सहयोगको प्रशंसा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्