मिसेस नेपालमा ३ दर्जन महिलाबीच प्रतिस्पर्धा



रिबन इन्टरटेनमेन्ट प्रालिले ४ वर्षदेखि आयोजना गर्दै आएको विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल इन्टरनेसनल २०१९ मा ३६ जना विभिन्न पेसाकर्मी र गृहिणी अन्तिम स्पर्धाका लागि छानिएका छन्।

पाँचौं संस्करणको प्रतियोगिता लैगिंक असमानताविरुद्धको अभियान भन्ने मूल नाराका साथ आयोजना हुने पेजेन्ट निर्देशक निशुकान्त झाले जानकारी गराएका छन्। प्रतियोगितामा विना जोशी चन्द, कृष्णा महत, विमला केसी, शान्तिदेवी भट्टराई, सोनु नेवाङ तामाङ, सन्ध्या घिमिरे, स्नेहा राउत थापा, सृजना पाण्डे, मंगल बडे, रोजिना भट्टराई, कुसुमादेवी खाँड मल्ल, भावीसा कोइराला, शवनम खरेल, रंगिना लाइकंबम, सरस्वती बुढाथोकी, नम्रता शर्मा, आश्मा तामाङ, रोमी तण्डुकार, ऋतुकिरण श्रेष्ठ, प्रतिमा मल्ल, सिल्पी गुप्ता, नीरा तामाङ, सुलक्षणा भट्टराई, विमला हुमागाईं, रूपा शाह, रश्मि शाक्य, रचना कदरिया, रोजिना महत, एलिजा महत, अराधना शाह, सुशीला भट्ट, सविना चालिसे, इन्दिरा रानाभाट निरौला, आरती सिंह, प्रतिमा ज्ञवाली र सुशीला श्रेष्ठले अन्तिम स्पर्धा गर्ने भएका छन्।

प्रतियोगितामा सामेल महिलाहरूले करिब ६ हप्ताको तालिम र विभिन्न चरण पार गर्दै आगामी असोज ४ गते नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा अन्तिम प्रतिस्पर्धा गर्ने झाले जानकारी गराए। प्रतियोगीलाई पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवाल, कलाकारहरू वीरेन्द्र हमाल, सञ्चिता लुइँटेल, ब्युटिसियन सुष्मा महरा, शिक्षासेवी पूर्ण लामा, सञ्चारकर्मी विकास थपलिया, अधिवक्ता तथा कलाकार कृष्ण ढुंगाना, संगीतकार सरोज प्याकुरेल, साहित्यकार धिरेन्द्र पे्रमर्षी, व्यवसायी अनुप के बराललगायतबाट कक्षा लिइने आयोजकले जानकारी गराएका छन्।

अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा हुने प्रतियोगितामा विजेताले नेपालका तर्पmबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसरका साथै स्कुटर उपहार तथा विभिन्न अवसरहरू प्राप्त गर्नेछिन्।

प्रतिक्रिया दिनुहोस्