साक्षरतासम्बन्धी फोटो प्रतियोगिताका यी उत्कृष्ट तस्बिरहरु



पहिलो पुरस्कार पाएको तस्बिर

काठमाडौं फोटो पत्रकार क्लब (पिजे क्लब)ले फोटो प्रतियोगिता आयोजना गरेको छ । युनेस्को नेपाल र नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा र मानव स्रोत विकास केन्द्रसँगको सहकार्यमा फोटोपत्रकार क्लबले फोटो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताका लागि देशभरबाट १ सय ८२ फोटोग्राफरका ६ सय ३६ फोटो प्राप्त भएका थिए ।

काठमाडौं फोटो पत्रकार क्लब पिजे क्लबले आयोजना गरेको बहुभाषिक परिवेशमा साक्षरता अभिवृद्धि फोटो प्रतियोगितामा वीरगञ्‍जका पंकज श्रेष्ठले खिचेको फोटोले प्रथम स्थान हासिल गरेको छ।

दोस्रो पुरस्कार प्राप्त तस्बिर।

यस्तै सुनिता डंगोलले खिचेको ललितपुरको जीवित देवीका रुपमा पुजिने कुमारीलाई पढाउदै गरेको फोटोले दोस्रो स्थान हासिल गर्दा अनिश रेग्मीको सांकेतिक भाषा प्रयोग गरेको फोटोले तेस्रो स्थान प्राप्त गरेको छ।

तेस्रो पुरस्कार पाएको तस्बिर।

देशभरबाट प्राप्त फोटोहरुले देशको वर्तमान शिक्षाको स्थिति, विधार्थी, स्कूल र शिक्षक बीचको सम्बन्ध झल्काउने निर्णायक मण्डलका प्रमुख श्रेष्ठले बताए।

श्रेष्ठले फरक क्षमता भएकाहरुको शिक्षामा शिक्षक र विद्यार्थीक बीचको आत्मीयता, सम्बन्ध र लगनशीलता महत्वपूर्ण रहेको विजेता तस्बिरले प्रष्ट देखाएको बताए।

विजेताले ७० हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उपविजेताले ५५ हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ पाउनेछन् । यसैगरी अन्य दुई सान्त्वना विजेताहरुले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

विजेताहरुलाई भदौ २२ गते अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा प्रज्ञा भवन कमलादीमा आयोजना हुने विषेश कार्यक्रममा पुरस्कार प्रदान गरिने छ।

विजेता सहित उत्कृष्ट फोटोहरुको प्रर्दशनी २०७६ भदौ २२ गतेदेखि २८ गतेसम्म नेपाल आर्ट काउन्सिल (नेपाल कला परिषद) बबरमहलमा गरिनेछ।

Smile to the future.

प्रतिक्रिया दिनुहोस्