इटालीका नेपालीले मनाए तीज



न्यूज अफ नेपाल, इटाली । हिन्दु महिलाहरुको चाड हरितालिका तिज इटालीका विभिन्न भेगमा रहेका नेपालीले भव्यताका साथ मनाएका छन् ।

इटालीको राजधानी रोम, भेनिस, मिलानो, पिसा लगायतका शहरमा भेला भएर नेपालीले यो पर्व मनाए । नेपाली समाजको आयोजनामा रोम, भेनिस, पिसा र मितेरी मञ्च मिलानोले मिलान र आसपासका भेगमा रहेका नेपालीलाई जमघट गरायो ।

तीजको दरसँगै शुरु भएको नाचगानले धेरै ठाउँमा छरिएर रहेका नेपालीलाई भेटघाट गराउने र सुख दुःख आदान प्रदान गर्ने वातावरण बनाएको गैर आवासीय नेपाली संघ (एनआरएनए) इटालीका महासचिब छबिलाल कँडेलले बताए । ‘यहाँका नेपाली र नेपाललाई जोड्ने प्रयास स्वरुप नेपाली चाडपर्व सामुहिक रुपमा मनाउने गरिएको छ, उनले भने–‘एकै ठाउँमा भेला हुन व्यवहारिक नहुने भएकाले पायक पर्ने शहरमा भेला हुने गरेका छौ ।’

मिलानोमा भएको जमघटका सहभागीले हालै निर्वाचित मितेरी मञ्चका अध्यक्ष नरेश गुरुङ सहितका पदाधिकारीलाई कार्यकालको शुभकामना दिए ।

निवर्तमान कार्यवहाक अध्यक्ष योगेश रिजाल, एनआरएन महासचिब कँडेल, प्रमुख अतिथी जानाकी राणा, अतिथिहरु मुकुन्द पौडेल, दीपक मल्ल, भक्त बहादुर गुरुङ लगायतले कार्य सफलताको कामना गरे ।
आइपी सुबेदी, अर्जुन गौतम लगायतले मिलानो जमघटलाई सफल बनाउन सहयोग गरे ।

प्रतिक्रिया दिनुहोस्