एउटै रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा एक जोडी भेटिए



न्युज अफ नेपाल, काठमाडौं ।

गौशालाको पशुपति भण्डारखाल जंगलमा एक अन्तरजातीय जोडी मृत भेटिएका छन् ।

एउटै रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा खोटाङका ४० वर्षीय जयप्रसाद गिरी र ३३ वर्षीया उमिता दमाई मृत भेटिएका हुन् ।

महानगरीय प्रहरी वृत्त, गौशालाले दुई जनाको शव भेटिएको पुष्टि गरेको छ ।

प्रहरीका अनुसार दुवै पक्षको आफन्तको रोहवरमा सनाखत गरेर पोष्टमार्टमका लागि पठाइसकिएको र घटनास्थलबाट केही कागज पत्र र मोबाइल भेटिएका छन् ।

घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्