ताक्लाकोट सड्क खण्डमा बम बलास्ट सुरु



ललित सिंह, चैनपुर, बझाङ्ग ।

जिल्लाको उत्तरी नाका चैनपुर तक्लाकोट सड्क खण्डमा बम बलास्ट कार्य सुरु भएको छ ।

छिमेकी राष्ट्र चीन संग सडक संञ्जाल जोड्ने उद्येश्यले अहिले स्वच्छन्द बानीया नागार्जुन जेभी निमार्ण कम्पनीले सडक निमार्ण कार्य धमाधम गरिरहेको छ । चैनपुर ताक्लाकोट सडक खण्ड अन्तरर्गतको रुमलीगाडको चट्टानमा हिजो नेपाली सेना , नेपाल प्रहरी, जनप्रतिनिधि र कम्पनीका प्रतिनिधिहरुको सहभागीतामा सो ठाउँमा बम बलास्ट कार्य सुरु गरेको छ ।

निमार्ण कम्पनीले चैनपुर ताक्लाकोट सड्क खण्ड निमार्ण गर्नकोलागी २०७४ असार मसान्तमा नेपाल सरकार संग सम्झौता गरी निमार्ण कार्य सुरु गरेको हो ।

रुपातोला देखि माथी उत्तरी नाका तर्फ ८ लाख घनमिटर सड्क निमार्ण कार्य कटिङ्ग गर्न करिब ८६ करोड लागत स्टमेटमा निमार्ण कार्य गरिने र २०७८ असार मसान्तमा सडक निमार्ण कार्य सम्पन गरी सक्नु पर्ने कम्पनीका प्रतिनिधि ईश्वरी प्रसाद भट्टले बताउनु भएको छ ।

उहाँले भन्नु भयो यो नाका अन्तराष्ट्ीय सडक संञ्जाल भएकाले स्थानीय सरकार र स्थानीय बासिन्दा ले पनि भरपुर सहयोग गरिरहेको ले निमार्ण कार्य गर्न सहज भएको जनाएको छ ।

सो सडक खण्ड निमार्णले स्थानीय जनताहरु पनि हर्षित भएका छन् । दक्षिर्णी क्षेत्र छिमेकी राष्ट्र भारत जोड्ने नाका भन्दा सबै भन्दा छोटो रुढ पने भएकाले अहिले चैनपुर ताक्लाकोट सडक खण्ड धमाधम निमार्ण भैरहेकाले स्थानीय जनताहरु खुसी भएका हुन् ।

कहिले भारतले बिभिन्न बाहाना गरी नाका बन्दी गदै आएको हुनाले अब पनि त्यस्तै नाका बन्दी गर्ने कार्य गरे अबको ५ बर्षमा उत्तरी नाका प्रयोग गरेर भारतको नाका बन्दीले खास्सै असर नपर्ने नेपाल पत्रकार महासंघका बझाङ्ग शाखाका पूर्ब अध्यक्ष जगत खड्काले बताए ।

उहाँले भन्नु भयो हामी संञ्चारकमीले यो नाकाको बिषयमा सरकार संग धेरे पहल पछि यस ताक्लाकोट नाका मा सडक निमार्ण कार्य भएको हो , अबका दिनमा पनि सरकारले यो नाकालाई मध्ये नजरमा राखी रपत्तारमा कार्य गर्ने हो भने बझाङ्गी जनता मात्र हैन सिङ्गो देसले नै बिकासको सहानुभुती पाउने छ ।

बझाङ्ग जिल्लाको उत्तरी नाका साईपाल गाउँपालिका धुली देखि उरै भन्ज्याङ्ग हुदै छिमेकी देश ताक्लाकोट सम्म जोड्ने अन्तराष्ट्यि सडक संञ्जाल हो । बझाङ्गको सदरमुखकाम चैनपुर देखि ताक्लाकोट सम्मको दुरी ९२ किलोमिटर मात्र रहेको छ यो ताक्लाकोट नाका देशभरीको सबै भन्दा छोटो उत्तरी नाका हो ।

अहिले चैनपुर ताक्लाकोट सडक खण्ड दूई भागमा निकार्ण कार्य गरिरहेको छ । चैनपुर देखि रुपातोला सम्म राजेन्द्र निमार्ण सेवा र रुपातोला देखि माथी स्वच्छन्द बानीया नागार्जुन जेभीले निकार्ण कार्य गरिरहेकको छ ।

जिल्लाका उत्तरी भेगका अधिककासं स्थानीय बासिन्दाहरु अहिले पनी ५ दिनको पैदल बाटो हिडेर ताक्लाकोट बाट दैनिक उपभोग्य सामान र लुगा कपडा ल्याउने गरेको साईपाल गाउँपालिका का अध्यक्ष राजेन्द्र धामीले बताए , उहाँले भन्नु भयो साईपाल गाउँपालिका बाट जिल्लाको सदरमुखकाम चैनपुर पुग्न पैदल ४ दिन लाग्छ र दैनिक उपभाग्य सामान माहंगो र धेरै भाडा लाग्ने हुन्छ।

साईपाल गाउँपालिका बाट ताक्लाकोट जान र सदरमुखकाम चैनपुर आउन बराबरी दिन लाग्ने भएकाले यहाँका स्थानीय बासिनदाहरु घोडा भेडा लिएर ताक्लाकोट बाटै सामान ल्याउन सहज हुने गरेको साईपाल गाउँपालिका का अध्यक्ष राजेन्द धामीले बताए ।

प्रतिक्रिया दिनुहोस्