सिभिल बैंक र द हबि अटो ट्रेडिङ् बीच सम्झौता 



सिभिल बैंक र द हबि अटो टे«डिङबीच व्यावसायिक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल तथा द हबि अटो टे«डिङका तर्फबाट अध्यक्ष उमेश नारायण मानन्धरले हस्ताक्षर गर्नुभएको छ।

उक्त सम्झौतापत्र अनुसार द हबि अटो टे«डिङबाट ट्याक्टर, कृषि औजार तथा हेभी इक्युपमेन्ट खरिद गर्न ग्राहकलाई द हबि अटो टे«डिङको सिफारिसमा सिभिल बैंकले ७० प्रतिशतसम्म कर्जा सुविधा प्रदान गर्नेछ। हालसम्म बैंकको ९६ शाखामार्पmत सेवा प्रदान गरिरहेको कुरा पनि बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्