शेयर बजारमा निरन्तर गिरावट



नेपाल समाचारपत्र, काठमाडौं। पछिल्लो समय शेयर बजारमा निरन्तर गिरावट आइरहेको छ। आइतबार दोहोरो अंकले घटेको शेयर बजार परिसूचक सोमबार पनि दोहोरो अंकले नै घटेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक १४ दशमलव ४५ अंकले घटेर ११७० दशमलव ३४ अंकमा ओर्लिएको छ।

दुई दिनमा बजारले २५ दशमलव ९७ अंक गिरावट आएको छ। सोमबार कुल १ सय ७१ कम्पनीका १३ लाख ८० हजार कित्ता शेयर ४० करोड ७५ लाख रुपियाँमा कारोबार भएको छ। यस दिन सबैभन्दा बढी अर्थात २ करोड ५६ लाख रुपियँँ बराबरको नेपाल बैक लिमिटेडको शेयर कारोबार भएको छ।

सोमबार कारोबारमा आएका सबै उपसूचकमा गिरावट आएको छ। यस दिन दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले सबैभन्दा धेरै कमाएका छ। यस कम्पनीको शेयर मूल्य करिब ६ प्रतिशतले बढेको छ।

यस कम्पनीको शेयर मूल्य तीन रुपियाँले बढेर ५८ रुपियाँमा पुगेको छ।उता सबैभन्दा बढी ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल््य करिब आठ प्रतिशत घटेको छ।

 

प्रतिक्रिया दिनुहोस्