बर्मा एससीडब्लुईसीको प्रदर्शनी



सार्क चेम्बर महिला उद्यमी परिषद नेपाल (एससीडब्लुईसी) सँग आबद्ध महिला टोलीले नेपाली उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यसहित बर्माको यांगुनमा प्रवद्र्धनात्मक प्रदर्शनी गरिरहेको छ।

बर्मास्थित नेपाली राजदूताबासको निमन्त्रणामा एससीडब्लुईसी नेपालकी उपाध्यक्ष सरोजनी शेरचनको नेतृत्वमा १६ जना महिला उद्यमी सम्मिलित सो टोलीले बर्माको यागुंनमा प्रवद्र्धनात्मक प्रदर्शनीको आयोजना गरेको हो।

सो टोलीले वर्माको यांगुनको पाइन ओ ओलीन शहरमा अवस्थित नेपाली दूताबासको प्रागंणमा भदौ १४ गतेदेखि १६ गतेसम्म नेपालका विभिन्न उत्पादनहरूको प्रबद्र्धनात्मक प्रदर्शनीको आयोजना गरिरहेको छ।

सो प्रदर्शनीमा नेपाली हस्तकलाका सामग्री, महिलाले प्रयाग गर्ने पोते, किलिप, चुरा, कुसन कभर, दौरा सुरुवाल, साडी र चोली, मखमली चप्पल, बिभिन्न प्रकारका हातले निर्माण गरेको हाते झोला, गाग्री, खड्कुलो जस्ता सामग्रीको प्रदर्शनीमा राखिएको छ।

त्यसैगरी सो टोलीले बर्माका विभिन्न शहरहरूमा नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार गरी यस मुलुकबाट नेपालमा पर्यटक भित्र्याउने उदेश्य लिएको छ। सो सार्क चेम्बर महिला उद्यमी परिषद (एससीडब्लुईसी ) नेपाल सार्क चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्री मातहतको एकअंग हो जसको मुख्य उद्देश्य सार्क मुलुकको महिला उद्यमीलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्ने रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्