तीज गीतमा गुराँस समूह प्रथम



हेटौंडा, (नेस)। हेटौंडा–१३ मा रहेको महिलामिलन बचत तथा ऋण सहकारी संस्थाले नेपानली हिन्दु महिलाको महत्वपूर्ण पर्वको रुपमा रहेको हरितालिका तीजको अवसरमा तीजगीत प्रतियोगिता आयोजना गरेको छ।

प्रतियोगितामा गुराँस महिला समूह प्रथम भएको छ। दिदीबहिनी महिला समूह दोस्रो हुँदा साहसी महिला समूह तेस्रो भएको थियो। प्रतियोगितामा शीला महिला समूह चौथो भएको थियो भने लालीगुराँस आमा समूहलाई सम्मान पुरस्कार दिइएको थियो।

विजयी हुनेलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। सहकारी संस्थासँग ग्रामीण महिला सेवाले कार्यक्रममा सहकार्य गरेको थियो। कार्यक्रममा ८ समूहले सहभागिता जनाएका थिए।

संस्था अध्यक्ष विष्णुमाया लामाको संयोजकत्वमा ग्रामीण महिला सेवा केन्द्र अध्यक्ष लक्ष्मी मोक्तान र शिक्षक महेन्द्र मोक्तानले प्रतियोगिताको निर्णायकको भूमिका निर्वाह गरेका थिए। कार्यक्रम हेटौंडा उपमहानगर उपमेयर मीना लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्