लभ यु हमेशा सार्वजनिक



प्रेमकथामा बनेको फिल्म लभ यु हमेशाको शिर्ष गीत सोमबार सार्वजनीक गरिएको छ। आगामी कार्तिक २२ गते नेपाल र त्यसभन्दा अघिल्लो शुक्रबार नै कार्तिक १५ भारतमा रिलीज हुने फिल्मको लभ यु हमेशा बोलको शीर्ष गीतमा अभिनेता यशराज गरच र नवअभिनेत्री फिजा योन्जन फिचर छन् ।

फिलिपिन्सको समुद्री तटमा खिचिएको गीतमा प्रतापदास र श्रेया सोताङको स्वर छ भने भासुको शब्द र संगीत रहेको गीतको भिडियोको कोरियोग्राफी रामजी लामीछानेले गरेका छन्। धर्मा क्रियशनको ब्यानरमा यवन गुरुङको निर्माण र मिलन गुरुङ सहनिर्माता रहेको फिल्म भारतको कालेबुङ, सिलगुडी, काठमाडौ र फिलिपिन्समा खिचिएको छ।

फिल्ममा यशराज र फिजाका साथमा ऋचा थापा, गोपाल ढकाल ‘छन्दे’, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङलगायतका कलाकारले अभिनय गरेका छन्। शिब ढकालले छायांकन गरेको फिल्मको गीतमा भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र एनबी महर्जनको द्धन्द्ध निर्देशन छ।

प्रतिक्रिया दिनुहोस्