११औंं कृति अवार्ड सम्पन्न



नेपाल समाचारपत्र, काठमाडौं ।२०६० सालदेखि गरिँदै आएको कृति अवार्डस्को ११औं सस्ंकरण ‘नेपाल आइस ११औं कृति अवार्डस् २०७६’ सम्पन्न भएको छ। सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले उद्घाटन गर्दै नेपालमा क्लिन फिड लागू भइसकेको परिप्रेक्षमा कार्यान्वयनका लागि सरोकारवालाहरूसंग समन्वय गरी नियमावली र कार्यविधि निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

नेपाल विज्ञापन संघद्वारा आयोजित उक्त कार्यक्रममा ३१ बिधाका उत्कृष्ट विज्ञापनलाई अवार्डस प्रदान गरिएको थियो। दीपकराज गिरि तथा केकि अधिकारिको आगामी फिल्म छ माया छपक्कैको नृत्य र सरौतो फिल्मको नृत्य साथै अन्य कलाकार ले पनि आफ्नो नृत्य कला प्रदर्शन गरी कार्यक्रम मनोरञ्जनाम्तक बनाएका थिए ।
कार्यक्रममा सहभागी वक्तले क्लिन फिड र नेपालको विज्ञापन व्यवसायलाई व्यवस्थित गर्न विज्ञापन बोर्ड गठन गर्दा नेपाल विज्ञापन संघको अनिवार्य प्रतिनिधित्वको आवश्यकता रहेकोमा जोड दिएका थिए।

११औं कृति अवार्डस्को मुख्य प्रायोजक नेपाल आइस, पावर वाई सिजी सिमेन्ट, इन एसोसियन विथ नेपाल टेलिकम रहेको थियो। साथै बैकिङ पार्टनर मुक्तिनाथ विकास बैक अन्य प्रायोजकमा, कृषि विकास बैक, नेपाल मेडिसिटि हस्पिटल, हिमाल रेमिट, यती कार्पेट, सफ्ीट हाइजिन, जेबी टेर्लस, नेपाल टुरिज्म बोर्ड र सोल्टी होटललाई सम्मान–पत्र दिइएको थियो । ३१ विधाको अवार्डस्का लागि ६१ एजेन्सीले सहभागिता जनाएकोमा विभिन्न एजेन्सीहरूले पुरस्कार पाएका छन्।

जसमध्ये अभानी–६, बिजनेस एडभान्टेज–६, प्रिज्मार्क–४,आउटरिच–४, भिचित्र–३, कन्सल्टवान–३, डिजिटलइन–३ कि एडभरटाजिङ–२, ओर्जिनल इन्टरमेन्ट–२, मिटिङ प्वाइन्ट–२, एड् डिजाएर –१, एएनएस–१, क्रियो कम्युनिकेसन–१, डिजी एड्भरटाइजिङ–१, फुलसर्कल –१, इम्प्याक्ट–१, मेकवेज–१, एम म्याक्स कन्र्सन–१, मार्स एड्भरटाईजङ एण्ड रिसर्च –१, मिडिया जर्नल–१, द स्क्वाएर डिजाइन –१, ह्वाइट फिएदर–१ अवार्ड प्राप्त गरेका छन्। कार्यक्रमको सभापतित्व गर्दै आनका अध्यक्ष रवीन्द्रकुमार रिजाल ‘शशी’ ले मन्तव्य राख्दै एजेन्सीहरूको उल्लेख्य सहभागिताको प्रशंसा गर्नु भएको थियो भने महासचिव राजु कुइँकेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्