मारुनी सिंगल रिलिजमा



निर्देशक नवल नेपालद्वारा निर्देशित तथा फेसन डिजाइनर पुनम गौतमद्वारा निर्मित फिल्म मारुनीले आज देशभरका हलमा सिंगल रिलिज पाउने भएको छ। नेपाली फिल्मका लागि यो फिल्मले सिंगल रिलिज पाए पनि विदेशी फिल्मको पक्षपोषण गर्दै मारुनीलाई मल्टिप्लेक्स हलहरूले थोरै शोजमा सीमित गरिदिएका छन्।

‘मलाई बाले सिकाएनन् कसैको व्यवसायमा हस्तक्षेप गर्न, मलाई आमाले सिकाइनन् कसैको सिर्जनामा आक्रमण गर्न। फेरि पनि मेरो सिर्जना गर्भमै रहँदा, किन निमठिएँ म?’ –मारुनीलाई थोरै शोजमा खुम्च्याइएकोप्रति चित्त दुखाउँदै निर्देशक नेपालले फेसबुकमा स्ट्याटस शेयर गर्दै लेखेका छन्।

पुष्प खड्का, साम्राज्ञराज्यलक्ष्मी शाह, रेबिका गुरुङ, विनोद भट्टराई, शंखर सेढाईं, अर्जुन श्रेष्ठलगायतका कलाकारले अभिनय गरेको फिल्ममा गोविन्द फुयालको कथा, अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत, सञ्जय लामाको छायांकन र मित्र डी गुरुङको सम्पादन रहेको छ

। पुनम इन्टरटेन्मेन्टको ब्यानरमा फेसन डिजाइनर पुनम गौतमले निर्माण गरेको फिल्ममा दर्शना केसी, मीना क्षत्री र राजा प्रधान सहनिर्मातामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्