सरकारको ‘भिडियो कन्फ्रेन्स’ गलत: भीम रावल



धनगढी । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्सबाटै मन्त्रिपरिषद बैठक गर्नु गलत भएको बताएका छन् ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएर पनि प्रधानमन्त्रीले विदेशबाट आफैं मन्त्रिपरिषद बैठक बोलाउनु नीतिसंगत नरहेको बताएका हुन् ।

साथै भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक बोलाउनु सुरक्षा र गोपनियताका कारण उपयुक्त नभएको पनि बताएका छन् ।

आज धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता रावलले आधुनिक युग भन्दैमा अरु विषयको ख्याल नै नगरिनु गम्भीर गल्ती राम्रो भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका क्रममा सिंगापुरमा छन् ।  सोमबार भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्