पत्रकार दबूको काठमाडौं अध्यक्षमा अरविनमान सिं

सत्य तथ्य सूचना प्रवाह गर्न मेयर शाक्यको आग्रह



काठमाडौं, नेस ।

नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं शाखामा अरविनमान सिंको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
शाखाको सम्पन्न तेस्रो अधिवेशन र पाँचौ साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा प्रवीण महर्जन, सचिवमा रत्नकाजी महर्जन ‘मन’, कोषाध्यक्षमा राजेन्द्र मानन्धर ‘नीलः’, सहसचिवमा शरण डंगोल र सहसचिव (महिला) मा बिनिता खड्गी रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा शैलेशकुमार डंगोल, राजेन्द्र मानन्धर, रेखा शाक्य, रोजिता बुद्धाचार्य, मनोजरत्न शाही, विजय कुमार सिं, सहयोग रञ्जित, किचः सिंह ज्यापु र विमला मानन्धर रहनुभएको छ ।

सत्यतथ्य सूचना प्रवाह गर्न मेयर शाक्यको आग्रह

यस अघि अधिवेशनको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पत्रकारले सत्यतथ्य सूचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

उहा“ले महानगरपालिकाको राम्रो वा नराम्रो विषय लेख्दा सत्यतथ्य ‘दूधको दूध, पानीको पानी’ छुटयाएर समाचार लेख्न पनि पत्रकारहरुलाई आग्रह गर्नुभयो । ‘तथ्यपरक भएर समाचार सम्प्रेषण गर्नुहोस् । यही नै महानगरपालिकाको लागि ठूलो योगदान हुनेछ ।’ मेयर शाक्यले भन्नुभयो ।

समाजमा उतेजना नभई चेतना आवश्यक रहेको बताउँदै मेयर शाक्यले महानगरपालिकालाई जवाफदेही र चेतना फैलाउन पत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने पनि धारण राख्नुभयो । नेपाली पत्रकारिता समावेशी बनाउन विभिन्न स्तरबाट पहल हुनुपर्ने उल्लेख गर्दै पत्रकार दबूको यस दिशामा अपेक्षाकृत काम गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

सो अवसरमा वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकारले पत्रकारिताको विकासको लागि दबूले महत्वपूर्ण कार्य सकियोस् भनि शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा ३ नं प्रदेश सभा सदस्य राजेश शाक्य, जीवन डंगोलले पत्रकार दबूको भवन निर्माणको लागि प्रदेशमा बजेट विनियोजित गरिदिने प्रतिबद्धता व्यक्त गर्दै आ आफ्नो भनाई राख्नुभयो ।

पत्रकार दबूका केन्द्रीय श्रीकृष्ण महर्जनले नेपाली पत्रकारिता क्षेत्रमा समावेशी बनाउन पत्रकार दबूले काम गर्दै आएको बताउनुभयो ।

विष्णु नाति फोटोपत्रकारिता कोष स्थापना

सोही अवसरमा शाखाका अध्यक्ष एवं वरिष्ठ फोटा पत्रकार नातिकाजी महर्जनले विष्णु नाति फोटोपत्रकारिता पुरस्कार स्थापना गरेको घोषणा गर्नुभयो । विष्णु –नाति फोटो पत्रकारिता पुरस्कारको नाउँमा वर्षेनी एक जना फोटो पत्रकारलाई पुरस्कार प्रदान गर्न उहाँले सो पुरस्कार स्थापना गर्नुभएको हो । सो पुरस्कारको नगद राशी १५ हजार रुपैयाँ रहेको छ ।

शाखाका अध्यक्ष महर्जनले पुरस्कारको कोषमा राख्न १ लाख २५ हजार रुपैयाँ कोषका अध्यक्ष एवं वरिष्ठ पत्रकार दानदास श्रेष्ठलाई प्रदान गर्नुभयो । फोटो पत्रकारिता मार्फत कला,संस्कृति र सम्पदाको संरक्षणमा योगदान पु¥याएका पत्रकारलाई सो पुरस्कार प्रदान गरिने कोषका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्