रवि र युवराजको बयान सकियो, थुनछेकको बहस सुरु



चितवन । शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपी रवि लामिछाने र युवराज कँडेलको बयान सकिएको छ । जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा उनीहरुको बयान लिइएको थियो । उनीहरु दुबैले इन्कारी बयान दिएका छन । यसअघि आइतबार अर्की अभियुक्त अस्मिता कार्कीको बयान लिइएको थियो ।

बयान सकिएसँगै थुनछेकको बहस सुरु भएको छ । सरकारी र आरोपी पक्षका वकिलले बहस गर्नेछन् ।

थुनछेकको बहस सकिएपछि मात्र आरोपीहरु छुट्ने वा नछुट्ने टुङ्गो लाग्नेछ । मुलुकी अपराध संहिताअनुसार आत्महत्या दुरुत्साहनको कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्