गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा म्यानमारकाे चासो



काठमाण्डौ । निर्माण  कार्य सम्पन्नै हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न म्यानमारले चासो देखाएको छ ।

काठमाडौँमा भदौ २ गतेदेखि ६ गतेसम्म भएको ५६ औंँ एसिया प्रशान्त क्षेत्रीय नागरिक उडड्यन महानिर्देशकको सम्मेलनका क्रममा नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले म्यानमार नागरिक उडड्यन विभागका प्रमुखसँग छुट्टै भेट समेत गरेका थिए । भेटका क्रममा म्यानमार नागरिक उडड्यन विभागका प्रमुख आफ्नो देशबाट धेरै बौद्धमार्गी नेपाल आउने गरेको र त्यसको फाइदा लिन गौतमबुद्ध अन्तर्राष्ट्रियमा म्यानमारका वायुसेवाले उडान गर्न सक्ने जनाएको पोख्रेलले बताए ।

भैरहवा पुगेर बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवलोकल सगैँ र विमानस्थलसम्बन्धी डकुमेन्ट पनि अध्ययनगरेका थिए ।  म्यानमारका बौद्ध धर्मावलम्बीहरुको लागि नेपाल राम्रो गन्तब्य भएकाले म्यानमारका वायुयानले भैरहवामा उडान गर्न सक्ने म्यानमारको टोलीले जनाएको बताइएको छ ।

नेपाल एअरलाइन्सको सेफ्टी अडिट गरिदिन चीन सहमत, नेपाली पक्षको नेपालका विमान चीन जान किन पाउँदैनन ।

चिनियाँ नागरिक उडड्यन प्राधिकरण नेपाल वायुसेवा निगमको सुरक्षा अडिट गरिदिन सहमत भएको छ । निगमको सुरक्षा अडिटलाई कारण देखाएर चीनका केहि विमानस्थल, कोरिया लगायतले निगमका जहाजलाई उडान अनुमति नदिइरहेको अवस्थामा चीनले निगमको सुरक्षा अडिट गरिदिन चासो देखाएको नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशकले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्