आरिश र अनुष्का च्याम्पियन



नेपाल समाचारपत्र, काठमाडौं।सीसीआरसीकाद्वय आरिश महर्जन र अनुष्का प्रसाईं १४औं हरेराम स्मृति टेबलटेनिस प्रतियोगिताको खुलातर्फ च्याम्पियन बनेका छन्। आरिश पुरुष तथा अनुष्का महिलामा पहिलो बने।

हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा आरिशले एभरेस्टका हिमाल विष्टलाई ११–९, ११–६, ११–८, ८–११ र ११–६ को सेटमा पराजित गरे। ललितपुरका रुविन महर्जन तथा समिप श्रेष्ठ संयुक्तरूपमा तेस्रो भए।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको महिला फाइनलमा अनुष्काले भक्तपुरकी दिया देउलालाई ११–६, ११–८, ११–९ र ११–७ को सोझो सेटमा हराइन्। विजेश्वरीकी अनुष्का सिम्खडा तथा ललितपुरकी प्रणिका कुँवर तेस्रो बने। पहिलो हुने आरिश र अनुष्काले समान ५–५ हजार नगद पुरस्कार पाए।

 

प्रतिक्रिया दिनुहोस्