सामाजिक सुरक्षा योजनामा सहयोग गर्नुहाेसः मन्त्री विष्ट



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले निजी क्षेत्रलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन् ।

आइतबार राजधानीमा होटल एशोसिएशन अफ नेपाल हानले गरेको सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रममा मन्त्री विष्टले यस्तो बताएका हुन ।

कार्यक्रममा व्यवसायीहरु इच्छुक रहे पनि विभिन्न जटिलता रहेको भन्दै मन्त्री विष्टकोसामाजिक सुरक्षा योजनामा सहभागी हुन ध्यानाकर्षण गराएका थिए ।

कोषमा हालसम्म ४ हजार ९२ प्रतिष्ठान र ३५ हजार ५०० भन्दा बढी श्रमिक सूचीकृत भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्