एसएसपी भण्डारीको विमानस्थलबाट भव्य बिदाइ



प्रदिप विवश भण्डारी, काठमाडौँ ।
नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सन्दिप भण्डारीको भव्य समारोहकाबीच विदाई गरिएको छ । विगत ८ महीनादेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुख जिम्मेवारीमा रहेका भण्डारीको आइतवार विदाई गरिएको हो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयमा उनको नयाँ मुकाम तोकिएपछि उनलाई विमानस्थलको जिम्मेवारीबाट औपचारिक रुपमा विदाई गरिएको छ । परिस्थितीले निर्माण गरेको आवश्यकताको कारण संगठनले अन्तराष्ट्रिय विमानस्थल सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको कार्यालयको प्रमुखका रुपमा भण्डारीलाई खटाईएको थियो ।

विमानस्थल सुरक्षाको जिम्मेवारी सम्हाल्नु चुनौतीपूर्ण जिम्मेवारी भएतापनि आफूले उक्त चुनौतीको सामना गर्न सफल भएको भण्डारीले बताउनुभयो । उहाँले यो सफलताको पछाडि आफ्नो मातहतका सम्पूर्ण प्रहरी जवान, हवल्दार, जुनियर अधिकृतसहित सम्पूर्ण अधिकृतहरुको ठूलो भूमिका रहेको बताउनुभयो ।

विदाई कार्यक्रममा भण्डारीले आफूँसंग सहकार्य गर्ने नागरिक उड्यन प्राधिकरण, त्रिभुवन अन्तर्राष्टृय विमानस्थल नागरिक उड्यन कार्यालय, अध्यागमन कार्यालय, भन्सार कार्यालय र सुरक्षाका तथा अन्य निकायहरुको विभिन्न तहका विमानस्थलमा कार्यरत सबैलाई आभार प्रकट गर्नुभयो ।

भण्डारीले एउटा जिम्मेवारी सकिएपनि प्रहरी सेवा नसकिएको छैन बताउनुभयो । उहाँले अब नयाँ र थप चुनौतीपूर्ण जीवन यात्रा बाँकी रहेको उल्लेख गर्नुभयो ।
एसएसपी भण्डारी सक्षम प्रहरीमा हुनुपर्ने गुण भएको ऊर्जावान व्वक्ति भएको अन्तराष्ट्रिय विमानस्थलका अडिटर भरत ढकालले बताउनुभयो । उहाँले भण्डारीसंग धेरै ठाउँहरुमा संगै पशिक्षण गरेकाले उहाँलाई नजिकबाट नियालेको र उहाँले आफूले गर्नुपर्ने अझ धेरै कामहरु गर्न सफल भएको प्रष्ट पार्नुभयो ।

आफ्नो जिम्मेवारीमा जस्तोसुकै बाधाहरु आएपनि पछि नहटि सामना गर्ने व्यक्तिमध्येको एक एसएसपी भण्डारी पनि भएको निमित्त विमानस्थल जिएम प्रताप तिवारीले बताउनुभयो । उहाँका अनुसार भण्डारीले विमानस्थलको सुरक्षाका निम्ति निकै संयमतापूर्वक काम गर्ने, सधैँ सकारात्मक तथा रचनात्मक कामहरु गर्ने र हरेक कुरालाई व्यवस्थापन गरेर अगाडि बढ्ने व्यक्ति हुनुहुन्थ्यो ।
विदाई समारोहमा उपस्थित सबैले भोलिका दिनमा उहाँलाई अझ धेरै सफलताका शुभकामना व्यक्त गर्नुभएको थियो ।

   

प्रतिक्रिया दिनुहोस्