प्रचण्डले बोलाए सचिवालय बैठक



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । प्रचण्डले सोमबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बोलाएका हुन् । बैठकमा महानगर इन्चार्ज तथा सहईन्चार्जका साथै प्रवास कमिटीबारे छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली भने स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् । सिंगापुर जानु अघि प्रधानमन्त्रीले सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिइएर गएका थिए ।

प्रतिक्रिया दिनुहोस्