प्रधानमन्त्रीलाई ‘मुलुक हाँक्ने उखाने’ भन्दै गाली गर्ने पक्राउ



धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फेसबुकमा नानाथरी टिप्पणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली जिल्ला लम्कीचुहा नगरपालिकाका २६ वर्षीय हृदय उपाध्याय रहेको प्रहरीले जनाएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय लम्कीले अपराध महाशाखा टेकुको निर्देशनमा हृदय आइतबार पक्राउ गरेको हो । पक्राउ परेका उपाध्याय नेविसंघका विद्यार्थी नेता रहेको प्रहरीले बताएको छ ।

उपाध्यायले आफ्नो फेसबुक वालमा प्रधानमन्त्रीलाई लक्षित गर्दै ‘मुलुक हाँक्ने उखाने, हप्तैपिच्छे स्वास्थ्य परीक्षण गर्न सिंगापुर उडछन् बिचरा जनता’ र ‘मृगौलाले काम गर्न छाडे जे हुन्छ, राम्रो हुन्छु’ भन्दै दुइवटा स्टाटस लेखेका थिए।

पक्राउ परेका उपाध्यायमाथि थप छानविन चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्