पुलिसलाई केरा देखाउने युवक पक्राउ



फलफूल सेवनले स्वास्थ्य राम्रो हुन्छ भन्ने हामी सबैलाई थाहा नै छ । फलफूलमा पनि विषेश केरा । सायद यो फलफूल मन नपर्ने कोही छैनन् होला ।

तर अमेरिकामा घटेको एक घटनाले तपाइहरुलाई अचम्म पार्न सक्छ । एकजना युवकले आफुसँग रहेको केरा खानुको साटो देखाएको आरोपमा पक्राउ परेका छन् । हो, अमेरिकामा बस्दै आइरहेका २७ वर्षीय नाथन रल्फ नाम गरेका एक युवकलाई पुलिसले पक्राउ गरेको हो । अमेरिकाको पश्चिमी कोलोराडोस्थित एक सडकमा पुलिसले चेकजाँच गरिरहेको थियो । सोही सडक हुँदै हिडिरहेका रल्फलाई पुलिसले चेकजाँचका लागि रोक्यो ।

तर पुलिसले रोकेको केही सेकेन्डमै रल्फले आफ्नो गोजीमा रहेको केरा निकालेर पुलिसलाई पेस्तोल तेर्साएझैँ तेर्साए । सुरुमा पेस्तो हो की भनेर झस्किएको पुलिस टिमले केही बेरमा उक्त चिज केरा रहेको चाल पाए । त्यसपछि पुलिसले तत्कालै ती युवकको हातबाट केरा थुते र उनलाई घोक्राउँदै गिरफ्तार गरे । रल्फविरुद्ध पुलिसले केरा देखाएको रिसमा गुन्डागर्दीको अभियोग लगाएको छ । सोधपुछका क्रममा रल्फले भने आफुले युट्युुबका लागि एउटा फन्नी भिडियो तयार गर्न त्यसो गरेको बताएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्