टाटा एच फाइभको बुकिङ खुल्ला



नेपाल समाचारपत्र, काठमाडौं। टाटा मोटर्सको चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभको नेपाली बजारमा बुकिङ खुल्ला भएको छ। नेपालका लागि टाटा मोर्टसको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिका अनुसार भदौ १० गतेबाट १५ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने १४ औं संस्करणको नाडा अटो शो २०१९ मा टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुँदैछ।

भारतमा टाटा ह्यारियर पनि भनेर चिनिने टाटा एच फाइभ बुकिङ गर्नका लागि २५ हजार रुपियाँ जम्मा गराउनुपर्ने हुनेछ। साथै सिप्रदीले ग्राहकलाई टाटा एच फाइभ मन परेन भने १२० प्रतिशत बुकिङ रिफन्ड गर्ने जनाएको छ।

क्रियोटेक २ लिटर टर्बाे डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा निकै चर्चित छ। एच फाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ। टाटा एच फाइभ ल्यान्डरोवरको ओमेगा डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो।

आकर्षक रहेको टाटा एच फाइभमा पुस बटन स्टार्ट–स्टप, सेमी (डिजिटल इन्स्टु्रूमेन्ट कन्सोल, मल्टी फङ्सनल स्टेरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्