साइपालको जित



नेपाल समाचारपत्र, काठमाडौं ।साइपाल एकेडेमीले तेस्रो युवा नेपाल अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ।

साइपालले क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) लाई ६७–६४ ले पराजित गर्यो।

साइपालका सागर लामाले २० अंक जोडे। समूह चरणको अन्य खेलमा न्यु जेनिथले ओमेगालाई ४२–३१, इन्साइट भिजनले अरूणिमालाई ७१–४५, नामीले केब्सलाई ५०–४०, जेभियरले जेएमसीलाई ६१–५८ र टाइम्सले अरूणिमालाई ४५–३५ ले हराए।

न्यु जेनिथका अजय घलेले १५, इन्साइटका रोशन बस्नेतले २५, नामीका तेन्जिङ स्याङतानले ११, जेभियरका सोनाम शेर्पाले २६ र टाइम्सका कमल थापाले १३ स्कोर गरे।

प्रतिक्रिया दिनुहोस्