एभीसी सेन्ट्रल जोन भलिबलको फाइनलमा उज्बेकिस्तान र किर्गिस्तानबीच भिडन्त



काठमाण्डौ । पाँचौं एभीसी सिनियर मेन्स एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधिका लागि शनिबार किर्गिस्तान र उज्बेकिस्तानबीच प्रतिस्पर्धा हुदैछ ।

पहिलोपल्ट फाइनलमा पुगेको उज्बेकिस्तान र तेस्रो संस्करणको उपाधि विजेता किर्गिस्तान दुवैले शतप्रतिशत जितका साथ उपाधि भेट पक्का गरेका हुन् ।

लगनखेलस्थित आर्मीको शारीरिक शुगठन तथा तालिम केन्द्रको कभर्डहलमा शनिबार दिउँसो २ बजेदेखि फाइनल खेल सुरु हुनेछ ।

यसअघि शुक्रबार तेस्रो स्थानका लागि भएको खेलमा तुर्कमेनिस्तानले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो भने पाँचौं स्थानको प्लेअफमा नेपालले अफगानिस्तानविरुद्ध जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्