कुमार पौडेलको हत्या छानविनमा संसदीय समितिले किन गर्‍यो हस्तक्षेप



मोरङ । कुमार पौडेलको हत्या छानविनका क्रममा संसदीय समितिले हस्तक्षेप गरेको राष्ट्रिय मानव अधिकार आयोगले आरोप लगाएको छ। कुमार पौडेल नेपाल कम्युनिष्ट पार्टी सर्लाहीका जिल्ला ईन्चार्ज हुन ।

आयोगका सदस्य गोविन्द शर्माले समितिको उक्त कार्यलाई निष्पक्ष छानविनमाथिको हस्तक्षेप भएको बताए।  शर्माले भने, हामीले छानविन गरिरहेका बेला संसदीय समितिले दवाब दियो, यो निष्पक्ष छानविनमाथिको हस्तक्षेप हो, संसदले हामीलाई निर्देशन दिन मिल्छ । त्यसोभए किन चाहियो छानविन समिति ?  के यो गलत हो ?

पौडेलको हत्यासम्बन्धि प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोगले अबको १५ दिनभित्र सार्वजनिक गर्ने पनि उनले बताए। यसअघि सार्वजनिक भएको प्रारम्भिक प्रतिवेदनमा कुमार पौडेलको गैरन्यायिक हत्या भएको बताइएको थियो।

उनले राजनीतिक दलहरूले आफूलाई चाहिदा मात्रै मानवअधिकारको कुरा गर्ने गरेको आरोप लगाए। अहिले सरकारले मानवअधिकार आयोगका सुझाव १२ प्रतिशत मात्रै कार्यान्वयन भएको भन्दै उनले आश्चर्य व्यक्त गरे। अहिले मानवअधिकार आयोगलाई कमजोर बनाउने प्रयास भएको भन्दै उनले सबैलाई आवाज उठाउन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्