भगवान श्रीकृष्णको प्रेरणाले ५८ वटी श्रीमती भित्र्याउने सांसद



साधारण मानिसले जीवनमा कति वटी श्रीमती बिहे गर्ला ? यो प्रश्न अचम्मको लाग्न सक्छ । तर भारतका एक व्यक्तिले ५८ वटी महिलासँग बिहे गरेका छन् । उक्त व्यक्तिको नाम हो बागुन सुम्ब्रुइ जो पूर्वमन्त्री तथा पूर्व सांसद्म पनि रहेका छन् । उनले आफ्नो जीवनकालमा ५८ जना श्रीमती भित्राए । उनले यतिधेरै पत्नी त बिहे गरे तर जीवनको अन्तिम समयसम्म आइपुग्दा उनलाई आफ्ना सबै पत्नीको नामसम्म याद थिएन ।

यस्ता कीर्तिमानी सांसदको जून २२ मा मृत्यु भएको छ । भारतको झारखण्ड राज्यको पहिलो विधानसभा उपाध्यक्ष बागुन सुम्ब्रुईको ९६ वर्षको उमेरका निधन भएको छ । कसैले उनको यस्तो अनौठो शैलीका बारेमा सोधे भगवान श्रीकृष्णको प्रेरणाले आफूले पनि ५८ श्रीमती भित्राएको बताउथे ।

तर कृष्णले जस्तै शोषित पीडित महिलाको उद्धार गरी आफूले पत्नी बनाएको दाबी उनको थियो । आफ्नो शरणमा आउने हरेक महिलालाई आफूले सधैं साथ दिएको र अर्धांगिनी बनाएर राखेको उनको भनाइ छ ।

उनका अनुसार पहिले पहिले झारखण्डमा हुने हाटहरुमा आउने व्यापारीहरुले आदिवासी युवतीहरुलाई शोषण गरेर गर्भवती बनाउने गर्दथे । अन्जान व्यापारीबाट गर्भवती बनेर अलपत्र परेका युवतीहरुलाई उनले साथ दिन्थे र पत्नी बनाएर भित्राउँदथे ।

त्यसरी सहारा दिएका कतिपय महिला उनीसँग जजीवनभर पत्नी बनेर बसे त कतिपय महिलाहरु मन मिल्ने अर्को पुरुष भेटेर पोइल पनि गए । जीवनमा धेरै महिला आए र गए पनि । त्यसैले उनलाई कुनै महिला आफ्नो जीवनमा आउने र छाडेर जाने कुराप्रति कुनै गुनासो रहेन । अनि आउने जाने सबै महिलाको नाम सम्झना गर्न पनि छाडे ।

स्मरणरहोस् बागुनले पछिल्लोपटक सन् २००४ मा विधानसभामा चुनाव जितेका थिए । तर त्यसपछि स्वास्थ्यमा खराबी आएपछि उनले चुनाव लडेनन् र राजनीतिबाट टाढिए ।

प्रतिक्रिया दिनुहोस्