नालीमा डुबेर १ महिलाको मृत्यु



झापा । झापामा सडक खण्डमा खनेको नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका ३ बिर्तामोड भद्रपुर सडक खण्डमा खनेको नालीमा डुबेर बिर्तामोड १० की ६५ वर्षीया सुमित्रा राईको मृत्यु भएको हो ।

शुक्रबार बिहान ९ बजे नालीमा डुबेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमको लागि मेची अञ्चल अस्पताल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्