नक्कली भारतीय रुपैयाँसहित २ पक्राउ



विरगन्ज । नक्कली भारतीय रुपैयाँसहित पर्सा हुँदै भारत जना लागेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट एक लाख ९० हजार नक्कली भारतीय रुपैयाँ बराबरको बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पर्सा वैरियाका दिलिपकुमार साह  र छप्कैयाका जमिल अख्तर रहेका छन् । वीरगञ्ज महानगरपालिका १० इदगाह चौकबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट ९५ वटा २ हजार दरका नक्कली नोट फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्