सल्यानमा क्रिकेट हुँदै



सल्यान, (नेस) । एमएम एकेडेमी र जिल्ला क्रिकेट संघ सल्यानको समन्यवयमा भाद्र १३ गतेदेखि भाद्र १५ गतेसम्म जिल्लाको सदरमुकाम खलंगाको लुहापिङमा टी–२० क्रिकेट प्रतियोगीता हुने भएको छ।

जिल्लामा क्रिकेट खेलको विकास गर्न, अन्तर विद्यालयबीचको क्रिकेट खेल नभएको र बालबालिकाको प्रतिभालाई माथि उठान गर्ने उद्देश्यले क्रिकेट प्रतियोगीताको आयोजना गर्न लागिएको एकेडेमी सल्यानका संचालक महेश देवकोटाले बताउनुभयो।

उहाँका अनुसार जिल्लास्तरीय क्रिकेट प्रतियोगिता पहिलो पटक गर्न लागीएको हो। प्रतियोगितामा विजेताले प्रथम पुरस्कार रु १५ हजार र उपविजेताले रु १० हजार रहेका छन्। टिम दर्ता भाद्र ८ गते गरिने छ भने दर्ता शुल्क रु ३ हजार ५ सय लाग्ने छ।

प्रतिक्रिया दिनुहोस्