प्रहरीलाई कार्याकक्षमै आएर ४० हजार घुस दिन खोज्ने पक्राउ



पुष्कर बुढाथोकी, भक्तपुर ।
प्रहरीलाई कार्याकक्षमै आएर घुस दिन खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । आज दिउँसो भक्तपुर प्रहरी परिसरको कार्यकक्षमा नै आएर प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टलाई घुस दिन खोज्ने सिन्धुपाल्चोक चौतारा स्थायी घर भई भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ५६ वर्षीय गंगालाल श्रेष्ठ पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी रेवतीरमण पोखरेलका अनुसार गत असार ७ गते जुवा खेलाइ रहेको अवस्थामा पक्राउ परेर छुटेका श्रेष्ठले जुवा खेलाउन दिनु पर्यो भन्दै प्रहरी निरीक्षक बिष्टको कार्यकक्षमा आएर ४० हजार रुपैयाँ घुस दिन खोजेपछि पक्राउ गरिएको थियो ।

घुस दिन खोजेको भन्दै प्रहरीले अख्तियारलाई जानकारी दिएपछि श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कर्मचारी आएर थप अनुसन्धान तथा कारवाहीका लागि लगेको प्रवक्ता पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्