एक सचिव बराबर ३ वडामा काम



कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा कर्मचारीको अभाव हुँदा एउटै सचिवले ३ वडामा सेवा दिनुपर्ने बाध्यता छ । १ वडा सचिवले फरक फरक वडामा गएर सेवा दिँदा आफूलगायत स्थानीयवासीलाई समस्या हुने गरेको वडा नं ३ का वडा सचिव होमप्रसाद रिजालको बताउनुभयाे ।

एउटै सचिवले ३ वटा वडामा सेवा दिनु परेका कारण घोडाघोडी नगरपालिकाका वडाहरूको काम अस्तव्यस्त भइरहको छ ।

वडा सचिवहरूले दिन बिराएर सेवाग्राहीलाई सेवा दिन परेको छ । सेवाग्राहीहरूलाई कुन वडामा कुन बार सचिव आउने जानकारी नहुँदा निकै सास्ती भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्