१२ वर्षकी किशोरी मृत अवस्थामा फेला



काठमाडौं । सिराहा, औरही गाउँपालिका-२ देउरीपट्टी बस्ने भारत घर भएका मंगला सदाकी १२ वर्षीया छोरी पूजा सदा बिहीबार दिउँसो सुतिरहेको अवस्थामा मृत फेला परेकी छन् ।

मकवानपुर, राक्सिराङ गाउँपालिका-६ कराचे बस्ने ४५ वर्षीय सुक बहादुर चेपाङ घरदेखि करिब ५ सय मीटर पर भिरबाट लडेर मृत्यु भएको अवस्थामा बिहीबार बिहान फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्