पर्वतको खुर्कोट पहिरो अपडेटः ओढेको सिरक भित्रै भेटियो चालिसेको शब



नेपाल समाचारपत्र, पर्वत ।
पर्वतको कुश्मा नगरपालिका– २ खुर्कोट बुढीस्वाँरामा पहिरोमा पुरिएका रेमबहादुर चालिसेको शब भेटिएको छ ।

गएराति भएको वर्षाका कारण घरमाथिबाट आएको पहिरोले बगाउँदा पुरिएका ७० वर्षीय रेमबहादुर चालिसेको शब ओछ्यानमा नै सुतेको अबस्थाा फेला परेको हो ।

राती घरमा सुतेको अवस्थामा घर भत्किएकाले चालिसेको ओछ्यानमा नै सिरक ओढेको अबस्थामा खनेर निकालिएको छ । पहिरोले पुरिएर बेपत्ता भएका चालिसको नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले खोजतलास गरि हेर्दा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार मृतकको शब पोष्टमार्टमा लागि जिल्ला अस्पताल पर्वतमा ल्याईदै छ । श्रीमान श्रीमती मात्रै बस्दै आएका उक्त घरमा बुधबार नै रेमबहादुर चालिसेकी श्रीमती छोरी भेट्न घर बाहिर जानुभएको थियो । उहाँ सम्पर्कमा आउनुभएको छ ।

वर्षा भैरहेका बेला घर भन्दा माथि रहेका सिंचाई कुलोमा अत्याधिक पानी लगाएका कारण पहिरो गएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । पहिरोले घरको सबै भाग पुरेको र केही भाग बगाएको प्रहरीले जनाएको छ ।

चालिसेका दुई छोरा र चार छोरीहरु रहेका छन् । छोरीहरुको बिहेवारी भैसकेको छ भने एक छोरा विदेशमा र एक छोरा पोखरामा बस्दै आएक छन् ।

प्रतिक्रिया दिनुहोस्