त्रिविको उपकुलपति छनौट पक्रिया १५ दिन लम्बियो



न्युज अफ नेपाल, काठमाडौं ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट गर्न गठित सर्च कमिटीको म्याद भदौ २० गतेसम्मको लागि थपिएको छ ।

प्रम ओली उपचारको क्रममा सिंगापुर जानु अघि आज सर्च कमिटीका संयोजक एवं शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई म्याद थपेको पत्र दिनुभएको हो । त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाँको कार्यकाल भोली शुक्रबारदेखि सकिदैछ । कुलपति ओलीले हिजै त्रिविका शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीलाई कामु उपकुलपतिको जिम्मेवारी दिनुभएको हो ।

यस्तै कृषि तथा वन, पूर्वाञ्चल, संस्कृत र विश्वविद्यालयका उपकुलपति छनौट गर्न मन्त्री पोखरेलको संयोजकत्वमा सर्च कमिटी गठन गरिएको छ । कृषी तथा वन विश्वविद्यालयको सर्च कमिटीको सदस्यमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदी र शिक्षा सचिव महेश दाहाल सदस्य रहनुभएको छ ।

पुर्वाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयको सर्च कमिटीको सदस्यमा योजना आयोगकी सदस्य उषा झा र शिक्षासचिव महेश दहाल सदस्य रहेको सर्च कमिटी गठन भएको छ । त्यस्तै पूर्वाञ्चलको कार्यवहाक उपकुलपतिमा डिन बिजयकुमार थपलिया, संस्कृतमा रेक्टर रमेश ढकाल र कृषिमा डीन शारदा थपलियालाई उपकुलपति बनाउने निर्णय भएको छ ।

त्रिविका उपकुलपति खनिया सँगै कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्रा.डा. ईश्वरी ढकाल, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा घनश्यामलाल दास र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरलालाको कार्यकाल सकिएपछि कार्यवहाक दिईएको हो ।

यसै गरी प्रधानमन्त्रीले पूर्वाञ्चल र संस्कृतको सेवा आयोग अध्यक्ष सिफारिस गर्न पनि मन्त्रीको संयोजकत्वमा सर्च कमिटि बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्