जयशंकरलाई भेट्न होटल पुगे बाबुराम र उपेन्द्र



काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्न समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र सोही पार्टीका अध्यक्ष उपेन्द्र यादव बिहीबार दिउँसो द्वारिकाज होटल पुगेका छन् ।

भट्टराईले ट्विटरमार्फत‍् भेटघाटमा आफूहरु बीच आपसी हितका विषयहरू, वर्तमान भारत(नेपाल सरकारबीच सम्पर्क र आर्थिक सहयोग विस्तारको विषयमा छलफल भएको जानकारी दिएका छन् ।

जयशंकरको दिउँसो आयोगको बैठकमा सहभागी भएर स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्