युलेन्स र निम्सलाई स्किब्स कप



काठमाडौं, (नेस) । युलेन्स, एन्जल्स हर्ट र निम्सले पाँचौं स्किब्स अन्तरविद्यालय थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन्।

युलेन्स सिनियर ब्वाइजमा र निम्स सिनियर गल्र्समा विजेता बने भने एन्जल्स हर्ट जुनियर ब्वाइजमा उपाधि जित्न सफल भयो।

बसुन्धारास्थित आयोजक स्किब्सको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा युलेन्सले बीएनएलाई १८–१३ ले पराजित गर्यो। युलेन्सका स्पन्दन प्रधानले १० अंक जोडे।

सिनियर गल्र्सको उपाधि भिडन्तमा निम्सले एचएचसीएलाई १०–७ ले पाखा लगाउँदै उपाधि रक्षा गर्यो।

निम्सकी संगीता बुढाथोकीले ५ अंक जोडिन्। जुनियर ब्वाइज फाइनलमा एन्जल्स हर्टले बीएनएलाई १३–१० ले हरायो। एन्जल्स हर्टका सुलभ मल्लले ७ स्कोर बनाए।

प्रतिक्रिया दिनुहोस्