एउटा भ्यागुता कतिसम्म ठूलो होला ?



एउटा भ्यागुता कतिसम्म ठूलो होला ? यो विषय सायद कम मानिसलाई मात्र थाहा हुन सक्छ । अफ्रिकामा दुनियाँकै सबैभन्दा ठूलो भ्यागुतो पाइन्छ, जसको तौल ३ किलोभन्दा बढि छ ।

गोलियथ प्रजातिको उक्त भ्यागुतोका बारेमा बर्लिनस्थित नेचुरल हिस्ट्री म्युजियमले गरेको अनुसन्धानले केही अनौठा तथ्यको खुलासा गरेको छ ।
शोधकर्ताका अनुसार यो भ्यागुतोले आफू बस्नका लागि आफैं नै सानो पोखरीको निर्माण गर्ने गर्दछ । कहिलेकाहीँ त आफ्नो लागि कुवा बनाउन यो भ्यागुतोले दुई किलोभन्दा धेरै वजन भएका ढुंगाहरु पनि खनेर फ्याँक्ने गर्दछ ।

यो भ्यागुतोको वजन ३ किलो ३ सय ग्राम छ भने यसको लम्बाइ ३४ सेन्टिमिटर अर्थात् १३ इन्चसम्म हुन्छ ।

यो भ्यागुतो भीमकाय त हुन्छ नै, आफ्नो सन्तानको हेरचाह पनि निकै विशेष तरिकाले गर्दछ । यो भ्यागुतो जुन कुवामा बस्दछ त्यसमा जन्माएका बच्चाको सुरक्षाका लागि पानीमा फिँज निकालेर राख्दछ ।

गोलियथ प्रजातिको यो भ्यागुतो अफ्रिकी देश क्यामरुन तथा इक्विटेरियल गिनीलगायतका देशमा पाइन्छ । साथै दक्षिण अफ्रिकाको एम्पुला नदीको किनारामा पनि यो प्रजातिको भ्यागुताहरु पाइन्छन् । शोधकर्ताहरुले यस भ्यागुताका अण्डा रहेका विभिन्न २२ ठाउँ पत्ता लगाएका छन् । कतिपय ठाउँमा करिब २८ सय अण्डा पाइएका छन् ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्