स्मिथ तेस्रो टेस्टबाट बाहिरिए



लन्डन, (एजेन्सी)। अस्टे«लियाको भरपर्दा ब्याट्सम्यान स्टिभ स्मिथ इंग्ल्यान्डमा जारी एसेस टेस्ट सिरिजको तेस्रो खेलबाट बाहिरिएका छन्। अस्टे«लिया र इंग्ल्यान्डले हेडिङ्लीमा बिहीबारदेखि हुने टेस्टमा स्मिथले खेल्न पाउने छैनन्।

लर्डसमा भएको दोस्रो टेस्टमा उनलाई टाउकोमा चोट लागेको थियो। टेस्टको चौथो दिन अस्टे«लियाली टोलीका पूर्वकप्तान स्मिथ इंग्लिस पेसर जोफ्रा आर्चरको एक खतरनाक बाउन्सरको शिकार भएका थिए।

यसपछि उनको मस्तिष्कको परीक्षण भएको थियो। जसमा निकै समस्या देखिएको छ। उनको स्थानमा मार्नस लाबुसानेलाई मौका दिइएको थियो। स्मिथको अनुपस्थितमा उनले टेस्ट बराबरी गराउन अहम् भूमिका खेलेका थिए।

स्मिथको बायार् कानमुनि जब बल लाग्यो तब उनी मैदानमा लडेका थिए। पछि मैदानमा फिजियो आएर उनलाई उपचारका लागि लगेका थिए। सो समयमा स्मिथ ८० रनमा थिए। पछि ब्याटिङ गर्न आउर्दा ९२ रन बनाएर आउट भएका थिए।

यसअघि स्मिथले पहिलो टेस्टको दुवै इनिङमा शतक प्रहार गरेपछि अस्टे«लियाको जित भएको थियो। दोस्रो टेस्ट बराबरी भएको थियो। ५ टेस्टको सिरिजमा अस्टे«लिया १–० ले अगाडि रहेको छ।

प्रतिक्रिया दिनुहोस्