जीएसएमए र एनसेलद्वारा स्टार्ट अप कोलाबोरेसन वर्कसप



नेपाल समाचारपत्र, काठमाडौं। विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीको छाता संगठन जीएसएमए (जीएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपका लागि एक दिने स्टार्ट अप कोलाबोरेसन वर्कसप को आयोजना गरको छ।

नेपालमा स्टार्ट अप कम्पनी र मोबाइल सेवा प्रदायक कम्पनीका बीचमा सहकार्य सुदृढ पार्नु यो कार्यशालाको उद्देश्य रहेको थियो।  जीएसएमए विश्वभर सञ्चालनमा रहेका ७५० भन्दा बढी सेवा प्रदायक र मोबाइल एकोसिस्टमका झण्डै ४०० कम्पनीहरूको साझा संगठन हो।

यो कार्यशाला स्टार्ट अपले कसरी मोबाइल सेवा प्रदायकहरूसँग साझेदारी गर्न सक्छन्, त्यसका लागि आवश्यक उपकरण तथा तयारी के कस्तो हुन पर्छ भन्नेमा केन्द्रित थियो। यसमा ३० वटा स्टार्ट अपका ५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो।

स्टार्ट अपहरूले नयाँ प्रविधि, अहिलेको ट्रेन्डस् र कसरी विभिन्न स्टार्ट अपले अफ्रिका तथा एसिया प्यासेफिकमा टेलिकम कम्पनी, स्टार्ट अप र ग्राहकलाई लागि फाइदा हुने गरी मोबाइल सेवा प्रदायकसँग साझेदारी गराएका छन्।

‘परिवर्तनशील दूरसञ्चार क्षेत्रमा टेलिकम कम्पनीहरूले अब मुख्य उत्प्रेरक बनेर दिगो व्यवसायका लागि संलग्न सबैको हितमा काम गर्न आवश्यक छ। टेलिकम कम्पनीका लागि धेरै सम्भावनाहरू रहेका छन् र एनसेल स्टार्ट अपहरूसँग साझेदारी गर्न आशावादी छ,’ एनसेलका चिफ स्ट्राटिजी अफिसर इरविन एम युसुफले भने।

कार्यशालामा जीएसएमएको इकोसिस्टम एसेलेरेटर कार्यक्रमका मार्केट इन्गेजमेन्ट डाईरेक्टर मार्टिन कारान्जाले प्रमुख वक्ताका रुपमा कसरी मोबाइल अपरेटर र स्टार्ट अपबीचमा सहकार्य हुन्छ र कसरी नेपालमा पनि यस्तो मोबाइल अपरेटरहरूसँग सहकार्य गर्न सकिन्छ भन्ने बारेमा प्रकाश पारेका थिए।

उनले जिएसएमएको मोवाइल फर डेभलपमेन्टका टिमहरूले आफ्ना ध्यान केन्द्रित गर्ने १० मुख्य पहलहरू क्लाईमेटटेक, असिस्टिभटेक, मोबाइल फर डेभलपमेन्ट युटिलिटिज्, मोवाइल फर ह्युमेनिटेरियन इनोभेसन, कनेक्टेड सोसाईटी, कनेक्टेड ओमन, डिजिटल आईडेन्टिटी, इकोसिस्टम एसिलेरेटर र एग्रिटेकका बारेमा प्रकाश पारेका थिए।

यी पहलहरूका लक्ष्य भनेको मोवाइल प्रविधिका मार्फत विश्वमा असमानता घटाउनु हो। व्ययसायहरूले सामाजिक–आर्थिक विकासमा प्रभाव पर्ने गरी र आफ्नो व्यवसायको उदेश्य पनि परिपुर्ति गर्ने गरी काम गनुपर्ने कुरामा मार्टिनले जोड दिए।

कारखाना, आईसिटी फर एग्रि, इ—सेवा, सोचवेयर, सारथी, फुडमारियो, खल्ती, हाम्रो बजार, लेट्ज गो, अभ्यास, सप्लाई बक्स, उपाय लगायत स्टार्ट अपहरूले यस कार्यशालामा सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्