बाढीको जोखिममा दाङ



दाङ । दाङमा पहिरोको जोखिम त्यति धेरै छैन तर बाढीको जोखिम भने अत्यधिक रहेको छ । प्राय पूर्वदेखि पश्चिमसम्म सबै ठाउँ बाढीको जोखिममा छ ।
गएको वर्षमा खेतवारीसँगै घर बगाएपछि यहाँका स्थानीय निकायसँगै प्रशासनसमेत क्षेत्रसमेत सचेत बनेको देखिन्छ ।

दाङका १०० वडामध्ये करिब ४० वडा जोखिमपूर्ण रुपमा घोषणा गरिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार विशेषगरी बबई र राप्ती नदी आसपासका गाउँ बढी जोखिममा रहेको जिल्ला प्रशासन कार्यलयले जानकारी दिएको छ ।

चालू आर्थिक वर्षमा जोखिम भनिएका करबि ४० वडामध्ये १५ वडामा जोखिमको पूर्वसूचना दिने साइरन प्रणाली जडान गरिँदैछ । प्रशासनको हाताभित्र जोखिमको अवस्था बुझ्न डिजिटल सूचना बोर्डको जडानसमेत गरिएको छ ।

जिल्लामा जुनसुकै प्रकारको जोखिम आए पनि खोज तथा उद्धारका लागि आफूहरु तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालयले बताएको छ।

अहिले प्रशासनसँग जोखिममा परेमा तत्काल राहत, सुरक्षित आश्रय, लत्ताकपडा आदिको तयारी रहेको छ । अहिले तत्काल राहतका लागि रु तीन करोड बचत छ । स्थानीय निकायले पनि रु १० लाखदेखि रु एक करोडसम्म विपद् व्यवस्थापनमा छुट्याएका छन् ।”

घोराही उपमहानगरपालिकामा समेत विपद्को पूर्वसूचना प्रणाली, तयारी एवं विपद् जोखिम न्यूनीकरण तथा उद्धार तथा राहतका लागि रु एक करोड ३४ लाख छुट्याएको छ ।

उपमहानगरका विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले विपद्का लागि छुट्याइएको रकम विपद्मा परेका कै लागि खर्च गरिने बताए । उनले आगामी आर्थिक वर्षमा उद्धारका लागि मानवीय जनशक्तिसमेत तयार पारिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्