मोदीको भुटान यात्रा जलविद्युत, स्वास्थ्यलगायत नौ सम्झौतामा हस्ताक्षर



नयाँदिल्ली, (एजेन्सी)।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो भुटान भ्रमणमा हाइड्रो पावर प्रोजेक्ट, नलेज नेटवर्क, मल्टी स्पेसियालिटी हस्पिटल, स्पेस स्याटलाइटलगायत ९ सम्झौतामा हस्ताक्षर गरेका छन्।

सन् २०१४ मा प्रधानमन्त्री बने लगत्तै मोदीले आफ्नो पहिलो विदेश यात्रा भुटानबाट थालेका थिए। प्रधानमन्त्री मोदीले भुटानका प्रधानमन्त्री डा. लोते सेरिंगसँग संसद्मा भेटवार्ता गरे। प्रधानमन्त्रीले भारतीय समुदायका सदस्यसँग पनि भेटेका थिए।

मोदी दुई दिवसीय भ्रमणका क्रममा शनिबार भुटान पुगेका थिए। डा. सेरिंगको प्राथमिकता आफ्नो नागरिकलाई राम्रो स्वास्थ्य सेवा पुर्याउनु रहेको र भारतले मल्टी स्पेसलिटी हस्पिटल तयार गर्नमा उनलाई मद्दत गर्ने मोदीले बताए।

अन्तरिक्ष प्रविधिको माध्यमबाट भुटानको विकासमा तीव्रता ल्याउन भारत प्रतिबद्ध रहेको उनले बताए। दुवै देश मिलेर साना उपग्रह तयार पार्ने र यसका लागि रोयल भुटान युनिभर्सिटी र भारतको आईआईटी मिलेर काम गर्न आवश्यक रहेको उनले बताए।

दुई देशबीच स्वास्थ्य, उर्जा, अन्तरिक्ष उपग्रह, ज्ञान, कार्डको प्रयोगसहित ९ वटा मामिलामा सम्झौता भएका छन्। प्रधानमन्त्री मोदी र सेरिंगले इसरोको ग्राउन्ड स्टेसन, मेंगदेछु वायूविजुली परियोजनालगायत ५ परियोजनाको उद्घाटन गरेका थिए। मोदीले भारतीय रुपे कार्ड पनि प्रक्षेपण गरेको छ। यसअघि रुपे कार्ड सिंगापुरमा पनि प्रक्षेपण गरिसकेको छ।

मोदीको यो दोस्रो भुटान भ्रमण हो। यसअघि उनी सन् २०१४ मा प्रधानमन्त्री बनेपछि पहिलो विदेश यात्राकारूपमा भुटान गएका थिए। यस भ्रमणका क्रममा मोदीले भुटानका नरेश जिग्मे खेसर नामग्याल वांगचुक, पूर्वनरेश जिग्मे सिग्मे वांगचुक र प्रधानमन्त्री लोते सेरिंगसँग पनि भेटेका थिए।

 

प्रतिक्रिया दिनुहोस्