कुटनीतिक नियोगका कर्मचारी वेपत्ता



लन्डन, (एजेन्सी) ।संयुक्त अधिराज्यको विदेश विभागले हंगकंग कुटनीतिक नियोगका एकजना कर्मचारीलाई चिनियाँ सिमाना नजिक हिरसातमा लिइएको भन्ने खबरलाई लिएर चीनले उल्लेख गरेको छ।

सञ्चार माध्यमले हंगकंग निवासी भएको विश्वास गरिएका सिमोन चेंग व्यापारिक भ्रमणमा जानेक्रममा ८ अगस्टमा सम्पर्कविहीन हुन पुगेका थिए। विदेश विभागले गुआँगडोंग प्रान्त र हंगकंगलका सरकारी निकायबाट थप सूचना खोजिरहेको जनाएको छ।

बेइजिंग स्थित बेलायती दुतावासले उनको परिवारलाई सहयोग प्रदान गरिररहेको छ। विदेश विभागका प्रवक्ताले चीनको सेन्झेनबाट हंगकंग फर्कनेक्रममा आफ्नो टोलीका एकजना सदस्यलाई हिरासतमा लिइएको भन्ने खबरबाट आफुहरू चिन्तित भएको बताएका छन्। चीनको दक्षिणपूर्वी भागमा रहेको सेन्झेनले हंगकंगलाई चिनियाँ मुख्यभुमिसँग जोड्ने गर्दछ।

सञ्चार माध्यमले व्यापारको सिलसिलामा उनी ८ अगस्टमा लो वु अध्यागमन नियन्त्रण प्वाइन्टबाट सेन्झेनमा प्रवेश गरेको बताएको छ। उनका गर्लफ्रेन्डले उनको सोही दिन ट्रेनबाट घर फर्कने कार्यक्रम रहेको तर नफर्केको न्यूज साइट एचके ०१ लाई जानकारी दिएकी छिन्।

यसैबीच हंगकंगमा अपराधको सिलसिलामा अभियोग लगाइएका व्यक्तिलाई चीनमा सुपुर्दगी गर्नका लागि प्रस्तावित विधेयक विरुद्ध शरू भएको विरोध प्रदर्शन तेस्रो सातामा प्रवेश गरेको छ। हंगकंगको स्थानीय प्रशासनले सो विधयेक निलम्बन गरिसके पनि थप प्रजातान्त्रिक अधिकारीको माग गर्दै त्यहाँ प्रदर्शन जारी रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्