क्यान्सर अस्पतालमा भएको हस्तक्षेपबारे संसद्को ध्यानाकर्षण



भक्तपुर,(नेस) । भक्तपुर क्यान्सर अस्पतालमा भएको अनियमितता र भक्तपुर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति खारेज गर्दै एक पक्षीयरूपमा नयाँ समिति गठन गरेको विषयमा सांसद् महेश बस्नेतले संसद्को ध्यानाकर्षण गराउनुभएको छ।

सांसद् महेश बस्नेतले संघीय संसद्मा यसबारे बोल्दै भनपाको हस्तक्षेप र अनियमितताको छानविनबारे स्वास्थ्य मन्त्रालयको ध्यानाकर्ष गराउनुभएको छ।जबाफमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भक्तपुर क्यान्सर अस्पताल एउटा संस्था (नेपाल अर्बुद रोग निवाराण)ले चलाएको अस्पताल भएकाले यसको सम्पूर्ण जिम्मेवारी संस्थाकै भएको बताउनुभयो।

उहाँले भनपाको हस्तक्षेप र अस्पतालमा भएको अनियमितता बारे मन्त्रालयले कदम चाल्ने बताउनुभयो। उहाँले यसबारे समाचार माध्यममा पनि समाचार आएका र आफू अवगत रहेको बताउनुभयो।

पुरानो समितिले अस्पतालमा भएको हस्तक्षेपबारे संसद्मा बोली दिन सांसद् प्रकाशमान सिंह,गगन थापा र महेश बस्नेतलगायतका नेता तथा सरोकारवालासँग समेत छलफल गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्