सेफिल्ड युनाइटेड विजयी



लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर लिग फुटबलमा सेफिल्ड युनाइटेडले पहिलो जित हात पारेको छ। यसै सिजनमा प्रिमियर लिगमा बढुवा भएको सेफिल्डले आइतबार राति क्रिस्टल प्यालेसलाई १–० गोलअन्तरले हराउँदै पहिलो जित दर्ता गरेको हो।

प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले लेस्टर सिटीसँग १–१ गोलको बराबरी खेलेको छ। आफ्नै मैदान स्टामफोर्ड ब्रिजमा नयाँ प्रशिक्षक फ्रांक लाम्पार्डको प्रशिक्षणमा घरेलु टोलीले जित हात पार्न सकेन। चेल्सी सिजनको पहिलो खेलमा गत साता म्यानचेस्टर युनाइटेडसँग ४–० गोलअन्तरले हारेको थियो।

खेलमा चेल्सीका युवा खेलाडी मेसन माउन्टले पहिलो गोल गरेका थिए। तर दोस्रो हाफमा लेस्टरका विल्फ्रेड एन्डीडीले गोल फर्काउँदै खेल बराबरी गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्