सिराहामा लागूऔषध नियन्त्रणमा प्रहरी सक्रिय



लहान, (नेस) । जिल्लामा शान्ति सुरक्षाको अवस्था बिग्रन नदिन सिराहा प्रहरीले अभियान शुरू गरेको छ। प्रहरीले लागुऔषध सेवन गर्ने, बेचबिखन गर्ने, चुल्ठे तथा मुन्द्रेलाई पक्राउ गरी कानूनी कारबाही थालेको छ।

यसैक्रममा सिराहा नगरपालिका–१७ माडरस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले शंकालागी खानतालाशी गर्दा विजयकुमार पासवानलाई नित्राभेट नाम गरेको ट्यावलेट १५० थानसहित पक्राउ गरेको छ।

त्यसै गरी औरही गाउँपालिका–१ दरैयास्थित प्रहरी चौकी, हर्कट्टीबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्दा फेनारगन ५६ एम्पुल, नोर्फिन ५८ एम्पुल, डाईजेलेप ५५ एम्पुल र एक थान सिरिन्जसहित जिल्लाको लहान नगरपालिका–१ बस्ने मनोजप्रसाद खत्बे र विजयकुमार पासवानलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार लागुऔषध सेवन गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूमाथि अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभएको छ।

पक्राउ परेकाहरूलाई लागुऔषधको सेवनबाट पर्ने असरका बारेमा प्रहरीले प्रशिक्षण समेत दिने गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्