मलेसियाली पूर्व प्रधानमन्त्री रजाकको सुनुवाई एक साताका लागि स्थगित



क्वालालम्पुर, । उच्च अदालतले त्यहाँका पूर्व प्रधानमन्त्री नजिब रजाकको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाई एक साताका लागि स्थगित गरेको छ ।
भ्रष्टाचारसम्बन्धी उक्त मुद्दाको सुनुवाई सोमबार गर्ने तय भएको थियो ।

अहिलेसम्म उच्च अदालतले पक्ष विपक्षका वकीलहरुको राय सुनिसकेको छ । यसक्रममा थप अनुसन्धान गर्नुपर्ने भएकाले समय आवश्यक भएको भन्दै अदालतले सुनुवाई स्थगन गरेको हो ।
उच्च अदालतले सो सुनुवाई अब यही अगष्ट २६ का लागि तोकेको छ । प्रधानमन्त्री रजाकमाथिको यो अभियोग मलेसियाको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचारको अभियोग रहेको बताइएको छ ।
उहाँमाथि आफू सत्तामा रहेका बेला १–विकास–कोषको करिब २ अर्ब ६ करोड मलेसियाली रिंगिट ९६२ करोड अमेरिकी डलर० बराबरको रकम भ्रष्टाचार गरेको आरोप छ ।
त्यस आरोपमा गत वर्षदेखि नै अनुसन्धान सुरु भएको छ । सर्वोच्च अदालतमा विचाराधीन सो मुद्दाको अबको सुनुवाई अन्तिम हुने अनुमान गरिएको छ ।
उहाँमाथि भ्रष्टाचारका चार अलग अलग अभियोग दर्ता गरिएको छ । तर पूर्व प्रधानमन्त्री रजाकले भने आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै ती अभियोगहरु अस्वीकार गर्दै आउनुभएको छ ।
उहाँका श्रीमती र छोरामाथि पनि मुद्रा अपचलनको अभियोग लगाइएको छ । उहाँहरुले पनि भ्रष्टाचारको अभियोगमा मुद्दा खेपिरहनुभएको छ । तर उहाँहरुमाथिको भ्रष्टाचारको अभियोग भने अलग्गै हो ।
––

प्रतिक्रिया दिनुहोस्