कश्मीर विवादबारे नेपालको प्रतिक्रियाः हामी क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा रहेका छौं



न्युज अफ नेपाल, काठमाडौं ।
नेपाल सरकारले जम्मू कश्मीर मामिलालाई नजिकबाट नियालिरहेको बताएको छ ।

भारतले धारा ३७० लाई परिमार्जन गरी जम्मू कश्मीरको विशेष राज्यको दर्ता खोसेको छ भने लद्दाखलाई अलग राज्य बनाएको छ । यसलाई लिएर जम्मू कश्मीरमा तनाव जारी छ । उता यसको विरुद्धमा पाकिस्तान पनि तिब्र रुपमा लागीपरेको छ ।

यस्तो द्धवन्द्ध लामो समयसम्म चलिरहँदा पनि नेपालले यसबारे कुनै प्रतिक्रिया दिएको थिएन ।तर, सोमबार पत्रकार आयोजना गरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जम्मू कश्मीर मामिलालाई नेपालले नजिकबाट नियालिरहेको बताएका छन् । उनले भने, ‘जम्मू कश्मीर क्षेत्रमा रहेका नेपालीको सुरक्षाबारे दिल्लीस्थित नेपाली दूताबासले काम गरिरहेको छ । उनीहरु सुरक्षित नै छन ।्’

नेपाल सार्कको अध्यक्षसमेत रहेको भन्दै मन्त्री ज्ञवालीले नेपाल क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्