शालिग्राम पुडासैनीका परिवारले दिए किटानी जाहेरी



न्युज अफ नेपाल, काठमाडौं ।

चितवनमा झुण्डिएको अवस्थामा मृत भेटिएका पत्रकार शालिग्राम पुडासैनीको परिवारले आइतबार किटानी जाहेरी दिएका छन् । काठमाडौं प्रहरी परिसर, टेकुमार्फत पुडासैनीको परिवारले जिल्ला प्रहरी कार्यालय, चितवनमा किटानी जाहेरी दिएका हुन् ।

प्रहरीका अनुसार २२ साउनमा मृत भेटिएपछि बरामद भएको भिडियोमा नाम उल्लेख भएका पत्रकार रवि लामिछाने, न्यूज २४ टीभीका युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध किटानी परेको छ ।

गत वर्ष १ भदौदेखि जारी मुलुकी अपराध संहिताले पीडितले आफूलाई पायक पर्ने जुनसुकै स्थानबाट किटानी जाहेरी दिनसक्ने व्यवस्था गरेको छ । तर, अनुसन्धान र कारबाही चाहिँ घटना भएकै स्थानमा हुनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्